sponsor

sponsor

Slider

Theme images by kelvinjay. Powered by Blogger.

Comments

Facebook

Videos

recent comments

Ad Home

latest tweets

Most Viewed

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» »Unlabelled » समाज वदल्नु छ भने आफै बदलिन सक्नुपर्छ

मायालु ङेसुर तामाङ रेडियो पत्रकारिता र सामाजिक क्षेत्रमा नौलो नाम होइन । सानैदेखि कडा परिश्रम गरेर अध्ययनमा लागेकी उनले पढेर नर्स बन्ने सपना बुनेकी थिइन् । तर, उनको त्यो सपना सपनामै सीमित भए । रेडियो पत्रकारिताको लामो अनुभव बटुलेकी उनी सञ्चारले मात्रै समाज बदल्न सक्ने धारण राख्छिन् । काभ्रेको साविक पोखरीनारायणस्थान– ६ गिम्दीमा जन्मिएकी उनी लीडरसीप क्षमता भएकी अनि साहासी महिलाको रुपमा चिनिन्छिन् । उनै मायालु ङेसुरले आफ्ना जीवन संघर्षका कथा सन्चारकर्मी राजकुमार गोलेसँग यसरी सुनाइन् :



सामाजिक काममा महिलालाई बढी समस्या

सामाजिक क्षेत्रमा काम गर्दा खुशीको अनुभूति हुन्छ । आफूले जानेको कुरा र सीप अन्य महिला दिदीबहिनीहरुलाई सिकाउन पाउँदा आनन्द महसुस हुन्छ । विषेशगरी वैदेशिक रोजगारीमा र सामाजिक समस्यामा परेको दाजुभाइ र दिदीबहिनीहरुलाई सहयोग गर्न पाउँदा । समस्या र चुनौती हरेक क्षेत्रमा हुन्छ । यसले नै मानिसलाई अगाडी बढ्न सिकाउँछ । सामाजिक क्षेत्रमा काम गर्दा महिलालाई पुरुषको दाँजोमा अलि वढी समस्या र चुनौतीहरु हुन्छन् । पहिलो चुनौती त घरबाट बाहिर निस्कनु नै हो । घरव्यवहार र बाहिरको काम दुबैलाई व्यवस्थापन गर्न सक्नु पर्छ । 
विभिन्न क्षेत्रका, विभिन्न व्यक्तिहरुसँग काम गर्दा र विभिन्न सामाजिक मुद्धाहरु हेर्दा कतिपयले व्यक्तिगत रुपमा रिसीइबी पनि लिएका हुन्छन् । यस्तो अवस्थामा सुरक्षाका कुरा पनि आउँछन् । समस्या र चुनौतीको सामाना गर्दै कसरी अगाडि बढ्छु भन्ने आत्मविश्वास स्वयंमा हुनुपर्छ । 

सपना नर्स बन्ने थियो 

एसएलसी दिँदासम्म स्टाफ नर्स बन्ने सपना थियो । परिक्षा पछिको खाली समयमा मिडियासँग नजिक भएँ । रेडियो सगरमाथाको भक्तपुर जिल्ला संवाददाता भएर मिडियामा काम गर्न थालेपछि सपनाले अर्कै मोड थियो । एसएलसी परिक्षाफल प्रकाशन पछि ख्वप्प कलेजमा व्यवस्थापन पढ्न थालेँ । रेडियो सगरमाथामा रिपोर्टिङको काम सँगसँगै मेट्रो एफएममा तामाङ भाषाको कार्यक्रम संचालन गर्न थालेँ । अबको सपना मिडिया मार्फत् तामाङ भाषा, कला, संस्कृतिको जर्गेना गर्ने र तामाङ महिलाहरुमा शैक्षिक जागरण ल्याउने बन्न पुग्यो । अहिले आएर त्यो सपना समग्र महिलाहरुको शसक्तिकरण हुनु पर्छ भन्ने भएको छ । सपना जे देख्यो त्यो पुरा नहुँदो रहेछ । एउटा गर्नु भन्यो अर्कौ क्षेत्रमा स्थापित हुँदो रहेछ । मेरो सन्दर्भमा त्यही भयो । सपना सेतो गावनमा सजिर बिरामीको सेवा गर्ने थियो सामाजिक कार्यकर्ता भएर गाउँगाउँ डुल्ने भएकी छु ।

परिवारलाई समय दिन नपाउँदा नरमाइलो 

सामाजिक कार्यकर्ता भएर काम गर्दा केही गुमाउनु पर्दो रहेछ । गुमाएको बदलामा केही पाउँदो पनि रहेछ । मैले धन कमाउन सकिन तर मलामी चाँही कमाएँ जस्तो लाग्छ । तर, कार्य व्यस्तताले गर्दा छोराहरु र परिवारलाई समय दिन नपाउँदा अलि नरमाइलो चाँही लाग्छ । अहिलेसम्म सबैको सहयोग नै पाइरहेको छु । समाजका लागि कति गर्न सकिन्छ भन्ने चिन्ता मात्रै हो । अहिलेसम्म जे जति गर्न सकेँ, गर्ने मौका पाए,ँ त्यसबाट मैले कुनै किसिमको दुःख महशुस गरेकी छैन ।

लैंगिक हिसाबले भन्नु पर्दा पुरुषहरुको तुलनामा महिलालाई अलि गाह्रो नै छ । अन्य क्षेत्रमा जस्तो १० देखि ५ सम्ममात्र काम गरेर हुँदैन सकमजिक क्षेत्रमा । कहिले बिहानदेखि बेलुकासम्मै काम गर्नु पर्छ । कति दिनसम्म घर परिवारबाट टाढा बसेर काम गर्नुपर्ने पनि हुन्छ । यसबाट परिवारलाई समय दिन पनि सकिँदैन । यस्तो अवस्थामा घरपरिवारबाट सकारात्मक सहयोग भएन भने काम गर्नै सकिँदैन । तर, मलाई व्यक्तिगत रुपमा कुनै गाह्रो छैन । लैंगिक हिसाबले केही कुराहरुमा गाह्रो हुने बाहेक अरु कुरामा पुरुष सरह नै काम गर्न सकेकी छु जस्तो लाग्छ ।

रेडियो मार्फत् महिलाका कुरा

पत्रकारिता र सामाजिक क्षेत्रको आ-आफ्नै महत्व र विशेषता छन् । विगतमा पत्रकारिता धेरै र सामाजिक काम थोरै थियो । तर, अहिले ठीक उल्टो भएको छ । हिजो पत्रकारितामार्फत् पनि महिलाकै कुरा गर्थेँ । अहिले पनि उही क्षेत्रमै छु । पहिले रेडियोमार्फत् चेतना विकासको कुरा गर्थेँ भने अहिले झन प्रत्यक्ष रुपमा गाउँ वस्तीहरुमा नै आइपुगेकी छु । पत्रकारिता धेरै कुरा अप्रत्यक्ष हुन्थ्यो, अहिले प्रत्यक्ष ढंगले महिलाहरुको समस्या बुझ्ने मौका पाएकी छु । उनीहरुलाई आफूले सकेको जानेको जति सहयोग गर्न पाईरहेकी छु । पत्रकारिता गर्दा म एकजना कार्यक्रम प्रस्तोतामा सीमित थिएँ तर अहिले जिम्मेवारीको हिसाबले म नेतृत्वदायी भूमिकामा छु ।

महिलाप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन आएन

कार्यक्षेत्रमा पुरुषहरु साथीहरुको व्यवहार राम्रै पाएकी छु र सबैबाट सहयोग नै पाईरहेकी छु । तर, समाजिक रुपमा महिलालाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन सकेको छैन । म आफू राम्रो बाटोमा हिडिरहेको हुन्छु, राम्रै काम गरिरहेको छु तर शिक्षित वर्गकै गनिने पुरुषहरु नै मेरै श्रीमानको अगाडि तेरी श्रीमति अलि वढी नै फेसेनेवल भई धेरै फ्रि भएर हिडि भनेर कुरा काट्दै हिडेको देख्छु सुन्छु । म एक सामाजिक क्षेत्रमा काम गरेकी महिला सामाजिक मुद्दाहरुमा वकालत गर्छु, मलाई अरुले के भन्यो भन्नेमा कुनै चासो छैन, लाग्दैन । अरुको मिलेको परिवारमा फाटो ल्याउन खोज्ने महापुरुषहरुको अझै कमि छैन हाम्रो समाजमा । मलाई प्रत्यक्ष कहिल्यै नदेखेकोहरुले नै मप्रति टिप्पणी गर्दा चाँही विचरा भन्न मन लाग्छ ।

घर आउँदा छोरा निलोकालो भइसकेको थियो

१२ वर्ष अगाडिको कुरा हो जेठो छोरा जन्मेको ४५ दिन पनि भएको थिएन । बीबीएस दोस्रो वर्षको एउटा पेपर बाँकी थियो । ४५ दिन पनि नभएको छोरालाई हजुरआमा र नन्दलाई छोडेर परिक्षा दिन गएँ । चार घन्टाको परिक्षा सकेर घर आउँदा दूध खाना नपाएर छोरो निलोकालो भईसकेको थियो । छोराको त्यो अवस्था देखेर साह्रै चित्त दुख्यो अनि धेरै रोएँ । पछि परिक्षाको नतिजा आउँदा म पास भएँ तर मलाई आफू पास भएकोमा कुनै खुशी लागेन । छोराको उही दुध खाना नपाएर निलोकालो भएको अनुहार मात्र झलझली सम्झिरहेँ । यो नै मेरो जिन्दगीको सबैभन्दा दुःखको क्षण हो ।

२०७१ सालको पुस महिनामा मानव बेचबिखन तथा ओसारपसार बिरद्धमा काम गरेवापत प्रतिस्पर्धा नै गरेर अमेरिकन राजदुतावासले अमेरिकाको विभिन्न पाँच राज्यमा यसैसँग सम्वन्धित कार्यक्रममा भाग लिन जानका लागि मलाई नै छनौट गर्यो । त्यतिबेला म निक्के खुसी भएँ । अमेरिका जानु पाउनु मेरा लागि ठूलो कुरा थिएन तर मैले गरेको कामको सही मुल्यांकन गरी अवसर दिएकोमा म खुशी थिएँ । अहिले आएर मैलै त्यहाँ सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्दै काम गरिरहेकी छु ।

पढ्दापढ्दै विवाह प्रस्ताव

परिवारका लागि मेरो विवाह ठिकै समयमा भएको थियो । तर, मेरो व्यक्तिगत हिसावमा चाँही छिट्टै भएको हो । समय नै त्यस्तै थियो त्यतिबेला । एसएलसी सकेदेखिनै मेरो विवाहको कुरा चल्यो, मामाको छोरोसँग । कुरो करिब ६ महिनासम्म चलिरह्योे । मामा वचनलाई मैले नाई भनिन मलाई कम्तीमा १२ कक्षासम्म पढ्न दिनु अनि विवाह गर्छु भनेँ । मेरो पढ्ने इच्छा विपरित बुबाआमा पनि जान सक्नु भएन । मामाको छोराले गाउँकै अरु केटीसँग विवाह गरे मलाई राम्रो भयो । यसको एक वर्षपछि फेरी फुपु पर्नेको छोराहरुले विवाहका लागि दवाव दिन थाले । मैले नसुने झैं गरे । म सानैदेखि अलि कम बोल्ने ज्ञानी र मेहनती थिएँ त्यही भएर सबै मामाका छोराहरु र फुपुका छोराहरु मलाई मन पराउथे । उनीहरु मध्ये आफूले मन परेका पनि थिए । तर, आफूलाई मनपर्ने एउटा माग्न आउने अर्को हँुदा त्यो घरको बुहारी बन्न सकिन । त्यसले पनि मलाई अगाडि बढ्न सहज भयो । 

सहकर्मीसँगै विवाह

कक्षा १२ नसकेसम्म सबैलाई टार्दै बसेँ । परिवारबाट धेरै दवाब आउन लाथे र अन्तिममा केही गर्दा पनि नभएपछि विवाहको लागि राजी हुनै पर्यो । आमाले तिम्रो कोही छ भने देखाउ नभए हामीले भनेकोसँग विवाह गर भनेपछि दुई वर्षसम्म सँगै काम गरेका सहकर्मीलाई रोजेँ र विवाह गरेँ । कार्यक्षेत्र एउटै भएकोले केही सहज त भयो तर विवाहपछि एक वर्ष घर व्यवहारले गर्दा पढ्न सकिन । वैवाहिक जीवन त राम्रै भयो । घर परिवारवाट राम्रै सहयोग पाएँ । 

विवाहपछि पढ्ने अवसर

माइतीमा म जेठो छोराको जेठी छोरी थिएँ । दाजु र दिदीको माया कस्तो हुन्छ अनुभव गर्न पाइन । विवाह पश्चात मैले दुईजना जेठाजुहरुबाट साँच्चिकै दाइको माया पाएँ । भाइलाई पढ्नु पर्छ भन्नु भन्दा पनि बुहारीलाई पढाउनु पर्छ भन्नु हुन्थ्यो । एक वर्ष ब्रेक लागेको पढाईलाई अगाडि बढाएँ । तर, सजिलो भने थिएन । बिहान बेलुका घरको काम, दिउँसो अफिस । पढ््ने समय राती मात्र हुन्थ्यो । परिक्षा आउनु पूर्व दुई महिनादेखि परिक्षा नसकिञ्जेल सुत्ने समय दिनमा जम्माजम्मी २ घन्टा हुन्थ्यो । तर, मैले हार मानिन । विवाह पछाडि स्नाकोत्तरसम्मको पढाई पुरा गरेँ । कामको चाप भए पनि अध्ययनलाई तिरन्तर अगाडि बढाएँ । विवाह पनि काम पनि कहिल्यै छोडिन । अब छोराहरुलाई राम्रो शिक्षा दिएर उनीहरुलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु छ ।

विवाहले बढि जिम्मेवार र परिपक्प बनाउँछ

कार्यक्षेत्रको कुरा गर्दा विवाह अघि र पछिको उही नै हो । तर, विवाहपछि जिम्मेवारी भने बढ्छ । आफ्नो खुशी भन्दा पहिलो परिवारको खुशीको कुरा आउँछ । आफ्नो काम र घरपरिवारको काम दुबै मिलाएर गर्नु पर्दा विवाह अघि भन्दा पछि अलि गाह्रो त हुन्छ नै । विवाहले गर्दा मैले आफनो कार्यक्षेत्रलाई छोडिन । विवाह पछि झन जिम्मेवार भएर काम गरिरहेको छु । विवाहले मानिसलाई झन बढि जिम्मेवार र परिपक्व वनाउँदो रहेछ । घरपरिवारबाट अहिलेसम्म राम्रै सहयोग पाईरहेको छु । श्रीमानको सकारात्मक सहयोग नपाएको भए म यहाँसम्म आउन सकिन्न थिएँ होला । हामी एक अर्कामा कामहरु मिलेर बाँडेर गर्छौैं ।

सायद मैले अलि धेरै बुबासँग छोडेर हिँडेकोले होला मेरो कान्छो छोराले लड्दा पनि आया आपा भन्थ्यो । घरपरिवार र सहयात्रीको सहयोग सँगै महिला आफू स्वयंमा पनि म केही गर्छु भन्ने दृढ अठोट चाँहि पक्कै हुनुपर्छ । समाजलाई वदल्नु छ भने आफै बदलिन सक्नुपर्छ ।

«
Next
This is the most recent post.
»
Previous
Older Post